सस्तो लोकप्रियताको पछि लाग्दिन

पछिल्लो समयमा गितसंगीतक्षेत्रमा सौगात जंग थापाको नाम चल्न थालेको छ । आधुनिक गितसंगितमा थापाको नाम परिचत नाम नै हो । गितसंगितको क्षेत्रमा डटेर लागेका उनको जन्म सिन्धुली जिल्लामा भएको हो । कमलामाइ नगरपालिका २ चियाबारी, थाक्ले थापा हाल काठमाडौँमा बस्दै आएका छन् । गायन क्षेत्रमा संघर्ष गरिरहेका उनै थापासँगको जम्का भेटमा गरिएको कुराकानीको सम्पादित अंश ः 


- तपाईको गायन यात्रा कहिलेदेखिको हो ?
सङ्गीतमा रुचि बाल्यकालदेखि कै हो । सिन्धुली जिल्लामा मेरो जन्म भयो त्यहा स्कुल, कलेजहरुमा कार्यक्रम हुदा आफ्नो प्रस्तुती दिने गर्थे साथी भाइ आफन्त सबैले राम्रो छ भनेर हौसला प्रदान गर्नु हुन्थयो । पछि भने औपचारिक सिकाइ गर्न थाले । पहिलो गित २०७४ सालमा ‘टाढा नबन’ रेकर्ड गरे । अहिले निरन्तर सङ्गीतमै छु ।
- कसरी आउनु भयो यो क्षेत्रमा ?
मेरो यो क्षेत्रमा लाग्नु भएको आफ्नो मान्छे कोहि थिएन, म बिल्कुलै आफ्नै संघर्षबाट आएको हु । यधपी मेरो काका गित, गजल हरु लेख्नु हुन्थियो, उहाँले यस क्षेत्रका केही मान्छेहरुलाइ चिन्नु हुदो रैछ । उहाँकै थ्रोबाट रेकर्डिङ स्टुडियो सम्म पुगे।पहिलो गित उहाकै सब्दमा गाएको हुँ ।
- चर्चाको लागि गायकहरूले भड्कीलो खालको गित गाउँछन् नि ?
सौगात जङ थापा बिल्कुलै चर्चा सस्तो लोकप्रीयताको पछाडी लाग्ने मान्छे भने पक्कै हैन । मेरो जति पनि गितहरु छन् समजमा भाड्भैलो र भड्किलो खालका कुनै गितहरु छैन । बरु गित नचलोस तर समाजमा अपाच्य हुने खालका मेरो गित कहिले पनि हुनेवाला छैन । समाजलाई सन्देश दिने र मनोरञ्जन दिने खालको गित मात्र गाउँछु । आफ्नो लागि भन्दा पनि समाज र देशको लागि गाउँछु ।
- कस्तो खाल्को गितमा काम गर्न मन पराउनु हुन्छ ?
मैले विशेष गरि भन्नु पर्दा आधुनीक लभ फ्लेबरको गितहरु गरिराछु सुरुवात पनि यस्तै गितबाट भएको हुनाले प्रोड्युसर दर्शकहरुको माग पनि यस्तै खाले गितहरुको छ । त्यसैले त्यस्तै गितहरूमा काम गरिरहेछु । तर मलाइ सबैखाले गित सुन्न र गुनगुनाउन मन पर्छ ।
- गितसंगीत र जीवनलाइ कसरी परिभाषित गर्नु हुन्छ ?
गित सङ्गीत भनेको हामीलाइ आनन्द प्रदान गर्ने एक अूुल्य चिज हो । खुसी हुदा होस या दुखी हुदा गितको शब्द र सङीतले जब मनलाइ छुन्छ तब एकदमै आनन्द अनुभुत गराउदछ । गित सङीत र मानव जीवन एउटै सिक्काको दुई पाटा हुन जस्तो लाग्छ । गितसंगीतविना म बाच्छु जस्तो लाग्दैन् । मेरो नाशा-नशामा गित संगीतछ जस्तो लाग्छ । गित संगीतनै मेरो जीवन हो ।


- सौगात जङ थापा भनेर कुन गितले चिनायो अर्थात कुन गित करियरमा टर्निङ पोइन्ट बन्यो ?
मेरो धेरै गितहरू लोकप्रिय नै छ जस्तो लाग्छ । त्यसमा पनि ‘जुनि जुनि’ गितले मलाई चिनाएको हो । यो गितले सम्भवत मलाइ धेरै दर्शक श्रोता माझ चिनाउन मदत गर्यो भन्छु म । अहिले टिकटकमा गित चल्यो भने राम्रै चलको पनि भन्ने चलन छ । टिकटकमा राम्रै स्थान पायो भन्छु । गितकार झगेन शर्मा जिलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु साथै यश गितमा जोडिनु भएको अडियो भिडियो सबैलाइ धन्यबाद दिन चाहन्छु । अझ बिशेष गरेर त मेरो दर्शक श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु । 
- तपाइले पाउनु भएको अवार्ड सम्मानहरु केके छन ?
मैले धेरै सम्मानहरू पाएको छु । दर्शक श्रोताको मायाँले गर्दा नै मैले सफलता पाएको हुँ । त्यही नै मेरो लागि सम्मान र अवार्ड हो । तथापी योङ माइन्ड्स अवार्ड २०७८ मा टप ५ नोमिनेसनमा परेको थिए । २०६९ मा ‘जुनि जुनि’ गितबाट ‘एपिक नेपाला म्युजिक अवार्ड’ मा आधुनिक तथा पप नब गायकको अवार्ड पाउन सफल भए । त्येसैगरि ‘हाम्रो माया जाल’ गितबाट २०७९ मा सर्बोत्कृस्ट नवप्रतिभा गायनमा ‘सगरमाथा म्युजिक अवार्ड’ पाउन सफल भएँ । अरु थुप्रै  सम्मानहरु छन ।
- अहिलेसम्म कति वटा गित बजारमा ल्याउनु भयो ?
रेकर्ड भएका गितहरु त १५/१६ वटा नै होला, यद्यपी बजारमा आएका ८/९ वटा गितहरु छन । रेकर्ड भएका गितहरू अब धमाधम बजारमा आउँछन् । 
- नेपाली गित सङ्गीतको वर्तमान अबस्थालाइ कसरी लिनुभएको छ ?
बजारमा थुप्रै गितहरु आइरहेका हुन्छन । सबैको आफ्नो आफ्नो फ्लेबर र रुचि हुन्छन । मेरो चाहना क्षणिक चर्चाको लागि काम गर्नु हैन । अलिक सोचेर बुझेर काम गर्नु पर्ने हुन्छ । सबैले आफ्नो आफ्नो ठाउबाट समाजलाइ पोजेटिभ योगदान दिनुपर्छ । भड्कीलो गितले एकै छिन चर्चा पाएपनि पछि त्यतिकै हराएर जन्छ तर समाजलाई सम्झेर गायो भने पछिसम्मको लागि राम्रो हुन्छ । कोभिड-१९  विविध कारण बजार खस्केपनि अहिले बिस्तारै उठ्दै छ ।
- गित सङ्गीत अलबा तपाइलाइ अरु कुन कुन कुरामा रुचि छ ?
स्पेसल्ली खेलकुद पनि मेरो एक्दमै रुचिको क्षेत्र हो । नेपाली क्रिकेटप्रती त म झन एक्दमै मन देखि कनेक्ट छु । सबै गेम म हेर्छु । फुटबल, भलिबल आफू पनि खेलेर होला रमाइलो लाग्छ । नेपाली क्रिकेटप्रती मेरो एक्दमै लगाब छ । नेपाली टिमले चाडै बिस्वकप खेलेको हेर्ने मन छ ।
- फुर्सदमा के गर्नु हुन्छ ? यो क्षेत्रमा आउनेहरुलाइ के भन्न चाहनुहुन्छ ?
फुर्सदमा गेमहरू हेरीरहेको हुन्छु । अनि मेरो पढाइ पनि चलिराछ, त्यहि हो अगि भनिहाले खेलकुद तिर, अनि अलिक बढी नै फुर्सद भए भने चै घर तिर जान्छु । ममि बुवालाइ खेती किशानिको काममा सघाउछु । 
यो क्षेत्रमा आउन चाहने साथीहरुलाइ सोचेर बुझेर सिकेर आउनु होला भन्छु । राम्रा नराम्रा दुबै पाटो छन । सहि बाटोलाई अंगालेर अगाडी बढ्नुहोला भन्न चाहन्छु । गित संगितको माध्यामबाट देशलाई योगदान गर्ने हो भने सँगै मिलेर गरौँ भन्न चाहन्छु ।
- अन्त्यमा केही छ ?
अन्त्यमा मेरो मनका कुरा पोख्ने मौका दिनुभएकोमा ईपाना नोल टिमलाई धन्यवाद दिन चाहन्छु । मेरो गितसंगितका दर्शक श्रोताहरूलाई साथ र सहयोगको लागि धन्यवाद दिन चाहन्छु । आगामी यात्रामा पनि साथ र सहयोगको अपेक्षा गर्छु । दर्शक श्रोता र देशलाई नै भुलेर आफ्नो चर्चाको लागि समाजलाई अपाच्य गितसंगितमा लाग्दीन बाचा पनि गर्छु ।

प्रतिकृया दिनुहोस

भर्खरै

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३