बागमती प्रदेशबाट पत्रकार महासंघ काभ्रेलाई २० लाख विनियोज

काभ्रे । बागमती प्रदेश सरकारको आर्थिक बर्ष २०८०/८१ को बजेट भाषण सम्पन्न भएको छ । उक्त भाषणमा नेपाल पत्रकार महासंघ काभ्रेको भवनलाइ तल्ला थप्नको लागि २० लाख बजेट छुट्याएको छ ।
शुक्रबार भएको बजेट भाषणमा महासंघलाई २० लाख बजेट विनियोजन भएको महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाले जानकारी दिए । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले प्रस्तुत गरेको बजेट भाषणमा महासंघलाई बजेट विनियोजन भएको अध्यक्ष तिमल्सिनाले बताए ।
`नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोकको भवन निर्माण (तला थप) गर्न बागमती प्रदेश सरकारले रू. २० लाख बजेट विनियोजन गरेको छ।´ अध्यक्ष तिमल्सिनाले भने, 'यसका निम्ति विशेष पहल गर्नुहुने नेपाली कांग्रेसका जिल्ला सभापति एवं खानेपानी, उर्जा तथा सिंचाई मन्त्रि माननीय तिर्थ लामाप्रति विशेष आभार व्यक्त गर्दछु।' तिमल्सिनाले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबै व्यक्ति र संस्थाहरुमा सिंगो कार्यसमितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेका छन ।
बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०८०/८१ का लागि ६२ अर्ब ७८ करोड ९० लाख बजेट बिनियोजन गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३