रोशीको प्रस्तावित बजेट ७४ करोड २७ लाख ६० हजार

रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाको गाउँ सभाको तेह्रौ अधिवेशनमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/८१ को लागि ७४ करोड २७ लाख ६० हजार बजेट प्रस्तुत गरिएको छ ।
गाउँपालिका अध्यक्ष दिनेश लामाले गाउँ सभाको तेह्रौ अधिवेशनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । अध्यक्ष लामाले विकास तथा समृद्धिको लक्ष्य प्राप्तिको अवसर तथा चुनौति, नीति तथा कार्यक्रम तर्जुमाका आधारहरु, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वन, वातावरण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासको सवालमा हाल सम्मका प्रमुख उपलब्धिहरु प्रस्तुत गरे ।
साथै आगामी आर्थिक वर्ष २०८०/८१ को विषय क्षेत्रगत वार्षिक नीति तथा कार्यक्रम तर्फ पूर्वाधार विकास, (भवन, आवास, वस्ती तथाशहरी विकास, सडक पुल तथा यातायात व्यवस्था, जलस्रोत, विद्युत तथा वैकल्पिक ऊर्जा, सूचना तथा संचार), सामाजिक िवकास ( स्वास्थ्य तथा पोषण, शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी तथा सरसफाई, युवा खेलकुद तथा नवप्रर्वतन, महिला, बालबालिका तथा समाज कल्याण), आर्थिक विकास ( कृषि तथा भूमिव्यवस्था, सिंचाई, पशुपन्छि, सहकारी तथा गरिबी निवारण, उद्योग, संस्कृति तथा पर्यटन, श्रम तथा रोजगारी), वनवातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासका क्षेत्रमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । कार्यक्रमको अवसरमा जिल्ला समन्वय समिति काभ्रेको उपप्रमुख रिम बहादुर तामाङले शुभकामना व्यक्त गरे । रोशी गाउँपालिकाको उपाध्यक्ष मिम बहादुर वाईवाले भने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट वक्तव्य प्रस्ताव, बजेटको सोच, लक्ष्य, उदेश्य, प्राथमिकता र अपेक्षित उपलब्धि प्रस्तुत गरे ।

प्रतिकृया दिनुहोस

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३