सर्वसाधारणलाई १ लाख कित्तासम्म भर्न पाइने आइपीओ खुला

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावरले आज अर्थात असार १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँड गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री गरेको हो ।
कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५० हजार कित्ता साधारण शेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत सामूहिक लगानी कोषलाई र २ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा असार १३ गते र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
 

प्रतिकृया दिनुहोस

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३