गजलकार गिरीको चुम्ने रहर छ सार्वजनिक


गजलकार सावित्री गिरीको गजल ‘चुम्ने रहर छ’ गजल पे्रमी माझ सार्वजनिक भएको छ ।
साहित्यमा रमाइरहेका अहिलेका जल्दा बल्दा गजलकार गिरीको चुम्ने रहर छ एउटा उत्कृष्ट गजल निकै मिठासपूर्ण रहेको छ । गिरीले आफ्नो नविनतम प्रस्तुति ‘चुम्ने रहर छ’ हालै बजारमा ल्याएकी छिन् ।
‘म गाउँमा जाँदै छु दुरविन भएर, दूरबाट तिमीलाई चुम्ने रहर छ ।
गाउँलाई नदेख्ने तिम्रो सहर छ, मेरो त्यो सानो गाउँभित्र घर छ ।’
आहा ! कति मीठा शब्दहरु । यीनै शब्दहरुले ओतप्रेत गजल हो गिरीको ‘चुम्ने रहर छ’  । गजलकार गिरीले गजलमा मिठासपूर्ण शब्दहरु संयोजन गरेकी छिन् । ती शब्दहरुलाई वरिष्ठ गायिका ज्ञानु राणाको सुमधुर कोकिल आवाजले सजाइएको छ । गायिका राणाले आफ्नो मिठासपूर्ण स्वरले गजललाई जिवन्त बनाएकी छिन् । गायिका राणाको सुमधुर स्वर अनि गिरीको शब्दलाई अझै कर्णप्रिय बनाउन सागर गौतमले संगीत भरेका छन् । गजलको एरेन्ज सन्दिप कार्कीले गरेका छन् भने रेकर्डिङ रुविन शाहीले गरेका छन् ।
कालजयी गीतहरुमा आफ्नो सुमधुर आवाज भरिसकेकी वरिष्ठ गायिका ज्ञानु राणाको कोकिल कण्ठमा एउटा नयाँ गजल भर्खरै नेपाली संगीतको पारखीहरुले सुनने अवसर पाएका छन् । दुनियाँमा तरंगीत गर्न आएको छ ‘चुम्ने रहर छ’। गायिका राणाको स्वरमा ७३ वर्षको उमेरमा रेकर्ड गराएको भए पनि उनको स्वरका अझै दम छ । निकै नै कर्णप्रिय आवाज रहेको छ राणाको यो गजलमा । उनको आवजमा बुढ्यौलीपन कतै झल्केको देखिन्न । गजलको भाव र गायिकाको स्वर झनै प्रभावकारी देखिन्छ । 
लामो समयपछि गायिका राणाको सुमधुर आवाज नेपाली गीत संगीतमा प्रभावकारी र संगीतप्रमेमीको मन छुने देखिन्छ । गजलले छुट्टै खालको मीठाससाथ श्रोताहरुको मन तान्न सफल हुने अपेक्षा गजलकार गिरीको रहेको छ । राणाको गायन जीवनकालको सयौं गीतहरु माझ यो गजल नै उनको स्वरमा पहिलो नेपाली गजल हो । हुन त गायिका राणाले यस अघि उर्दु भाषामा गजल नगाएकाीm भने हहोईन । राणाको स्वर अनि सावित्री गिरीको शब्दको समायोजन चुम्ने रहर निकै उत्कृष्ट भएको छ । गजलले सार्वजनिक भएको छोटो समयमा नै चर्चाको शिखरमा पुगेको छ ।
गजलकार सावित्री गिरीले करिब एक दशक अगाडि देखि नै नेपाली आधुनिक गीत, लोक दोहरी तथा लोक लयमा आफ््ना शब्द भरिसकेकी छिन् । गिरीको शब्दमा आधुनिक गीत ‘घामले पोल्यो जूनले पोल्यो’ बोलको गीत सर्वाधिक चर्चामा रहिसकेको छ । यस्तै उनको माइती जाने बाटो, हे दाजै लोक लयमा, खाराको बाढीको त्रासदि र यति विमान दुर्घटनामा आधारित मार्मिक गीत यसअघि नै बजारमा आइसकेको छ । उनको ८४ वटा गजल सङ्ग्रहित भएको ’मनको छाल’ गजल पुस्तक पनि प्रकाशित भइसकेको छ ।
गीत, मुक्तक, गजल तथा गायनमा पनि उत्तिकै सक्रिय गिरीको मुक्तक सङ्ग्रह पनि निकट भविष्यमा पाठक माझ पस्किने  तयारी पनि चलिरहेको गिरी बताउँछिन् । भावुक गीत–गजल रचना गर्न औधी मन पराउने गिरीको यो नविनतम कोसेली गजल प्रेम अनि गाउँको मर्मले भरिएको छ । शहर पसेपछी गाउँ भूल्नु कसै कसैको बाध्यता हुन सक्ला तर धेरैका यो प्रवृत्ति र स्वार्थीपना पनि भएको गजलमा चित्रण गर्न खोजिएको छ । उनले गाउँ र शहर बिीचको प्रेम अनि यथार्थतालाई शब्द मार्फत प्रस्तुत गरेकी छिन् ।
‘कति दिन टिक्ला र आजको मान्छे, शिसाको घर छ दिलमा पत्थर छ ।
मायाको सगरमा डुबेछौ तिमी त, म डुब्ने खोलाकोको तीरमा बगर छ ।’

प्रतिकृया दिनुहोस

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३