विश्वकप छनोटबाट बाहिरियो नेपाल

काठमाडौं । नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ र, विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।
जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेदरल्याण्ड्सलाई हराउनैपर्ने थियो ।
तर हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गर्‍यो । टिमको स्कोर ७ रन हुँदा ओपनर आशिफ शेखलाई शून्यमै गुमाएको नेपालका ब्याट्सम्यानहरुले कनै पनि विकेटका लागि ठूलो साझेदारी गर्न सकेन र, निरन्तर विकेट गुमाइरह्यो । र, ४४.३ ओभरमा १६७ रन बनाउँदा अलआउट भयो ।
अन्तिम विकेटका रुपमा आउट भएका सन्दीप लामिछानेले २७ रन बनाए । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ न बनाए । कुशल भुर्तेलले २७, भीम सार्कीले २२ रन बनाउँदा गुल्सन झाले १५, दीपेन्द्र सिंह ऐरीले १५, कुशल मल्लले १२ रन बनाए । आरिफ शेख ६ र करण केसी मात्र १ रनमा आउट भए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्ड्सका लोगन भान बेकले सर्वाधिक ४ विकेट लिए भने बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट हात पारे ।
१६८ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २७.१ ओभरमा मात्र ७ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
उसको सुरुवात निकै राम्रो रह्यो । पावर प्लेमा विना विकेटको क्षतिमा ५८ रन बनाएको नेदरल्याण्ड्सका म्याक्सवेल ओ’डाउडले १२औं ओभरको चौथो बलमा ललित राजवंशीलाई छक्का हान्दै अर्धशतक पूरा गरे ।
१३औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाए । उनले ३० रनमा क्रिजमा रहेका विक्रमजित सिंहलाई एलबीडब्लु धरापमा पारे, जतिबेला डच टिमको स्कोर ८६ रन थियो ।
१५औं ओभरको पाँचौं बलमा सन्दीपले नै दोस्रो विकेट लिए । वेस्ली बर्रेसी ३ रनमा आउट भए । तर क्रिजमा टिकिरहेका म्याक्सवेलले बास डी लिडेसँग मिलेर टिमलाई जिततर्फ डोर्‍याए ।
बाससँग तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरेका म्याक्सवेललाई गुल्सन झाले २७औं ओभरको पहिलो बलमा बोल्ड गरे । ७५ बलको सामना गरेका उनले ८ चौका र चार छक्काको मदतमा ९० रन बनाए । बासले नयाँ ब्याट्सम्यान तेजा निदामानुसँग मिलेर नेदरल्याण्डलाई जित मात्र दिलाएनन्, सुपर सिक्समा पनि पुर्‍याए ।
यो समूहबाट वेष्ट इण्डिज, जिम्बाब्वे र नेदरल्याण्ड्स सुपर सिक्समा पुग्दा नेपाल र अमेरिका बाहिरिएको छ ।
अब नेपालले १७ असारमा युएईसँग प्लेअफमा खेल्नेछ ।

प्रतिकृया दिनुहोस

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३