नेपालले नेदरल्याण्ड्ससँग खेल्दै
काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ ।
जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२: ४५ बजे हुने खेलमा नेपाल नेदरल्याण्ड्सलाई पराजित गर्ने लक्ष्यमा छ । यसअघिको यात्रा तय गर्न नेपालले यो खेल जित्नै पर्नेछ । यसअघि भएका तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो खेलमा पनि पराजित समूह चरणबाटै पराजित हुने छ ।
आज नेदरल्याण्ड्सलाई पराजित गरेमा भने नेपालको सुपर सिक्समा जाने सम्भावना कायम हुनेछ । तर, यसका लागि नेदरल्यान्ड्स र वेस्ट इन्डिजको खेल निर्णायक हुनेछ । नेपाल अघिल्लो चरण जान नेदरल्याण्ड्स वेस्ट इन्डिजसँग पराजित हुनुपर्नेछ ।
नेपालले तीन खेलमा २ अंक जोड्दा नेदरल्याण्ड्सले दुई खेलबाट २ अंक जोडेको छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल अर्को खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।
नेदरल्यान्ड्सले पनि अमेरिकालाई पाँच विकेटले हराउँदा जिम्बावेसँग भने ६ विकेटले पराजित भएको थियो । नेदरल्याण्डस्ले नेपाल र वेष्ट इन्डिजसँ खेल्न बाँकी ५ ।
समूह ए मा वेस्ट इन्डिजर जिम्बाब्वे २/२ खेलबाट चार/चार अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यती नै खेलबाट २ अंक जोडेको नेदरल्याण्ड्स तेस्रो, तीन खेलबाट २ अंक जोडेको नेपाल चौथो र अंकविहीन अमेरका पाँचौ स्थानमा रहेका छ ।
भर्खरै
SINDHULI LOK STAR SEASON
सिन्धुलीको तीनपाटन गाउपालिका ११ मा बालमैत्री सिकाइ केन्द्र स्थापना
रक्तमाला मन्दिरमा फुलपाति बढ़ाई कार्यक्रमको तयारी पुरा
कमलामाई नगरपालिकाले रानीबास स्वास्थ्य चौकीलाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण
तिनपाटन गाउँपालिका ७ मा पहिलो पटक वडा अध्यक्ष कप भलिवल प्रतियोगिता संचालन हुने
स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणालीमा राजश्व मोड्युल सम्बन्धी २ दिने तालिम सिन्धुलीमाढीमा सुरु
सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभा सम्पन्न
प्रतिकृया दिनुहोस