एनसिसिद्वारा छुसकमा बृहत तीन दिने कार्यक्रम गर्ने

काठमाडौँ । दक्षिण कोरियामा रहेका सम्पूणर् नेपाली संस्थाहरूको छाता संस्था नेपाली सम्पर्क समिति (एनसिसि) पछिल्लो समयमा सक्रिय भएको छ । हरि प्रसाद खनाल नेत्रृत्वमा आएपछि  सकृय हुन शुरु गरेको नेपाली सम्पर्क समिति दक्षिणकोरियाले छुसकको लागि कार्यक्रम बाँडफाँड सम्पन्न गरेको हो । समितिले दोङ्देमुन स्थित निक ट्राभलको हलमा विगतदेखि गरिँदै आइरहेको सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । सो कार्यक्रम सम्पन्न गर्नको लागि जीम्मेवारी बाँडफाँड तथा प्रदेश, क्षेत्रिय, जनजाति र धार्मिक संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्ष खनालको सभापतित्वमा तथा नेपाल राजदूतावासका नियोग उपप्रमुख पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा समाजसेवीअगुवा व्यक्ति हरुको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रमवाट आउदो छुसकमा विभिन्न जिल्लाका संघसंस्थाहरुले आयोजना गर्ने सांगीतिक धमाकाको कार्यक्रम बाँडफाँड गरिएको छ ।
छुसकको पहिलो दिन २८ तारिख सुर्खेत समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने प्रस्ताव अध्यक्ष पुष्कर बुढाथोकीले गर्ने, दोश्रो दिन २९ तारिख सेल्टर स्थापना गर्ने उद्देश्यका साथ मकवानपुर कोरिया मन्चले गर्ने महासचिव शुभराज बोम्जनले प्रस्ताव गरेका छन्, र सोहि दिन स्याङ्जा परिवारको अध्यक्ष भक्त थापाले पनि कार्यक्रम गर्ने प्रस्ताव गरे । त्यसरी नै छूसकको तेस्रो दिन ३० तारिक पूर्वाञ्चल सरोकार समाज अन्तर्गत इलामेली समाजले कार्यक्रम गर्ने प्रस्ताव इलामेली समाज दक्षिणकोरियाको अध्यक्ष टिका थेगिमले गरेका छन् ।
प्रस्ताव अनुसार २८ तारिख सुर्खेत समाजले कार्यक्रम गर्ने, २९ तारिख मकवानपुर कोरिया मन्चले कार्यक्रम गर्ने, २९ तारिख स्याङ्जा परिवारले कार्यक्रम गर्ने र अन्तिम दिन ३० तारिख इलामेली समाजले कार्यक्रम गर्ने निणर्य भएको नेपाली सम्पर्क समितिले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३