गोरखा जिप दुर्घटनामा एकै घरका ५ जनाको मृत्यु

गोरखा / सहिद लखन गाउँपालिका–३ पात्लेखोलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सहिद लखन–३ कोडगाउँबाड वडा नम्बर ५ को पोखरीडाडाँ जन्ती लिएर फर्कंदै गरेको प्र ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट दुई सय ५० मिटरको भीरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
दुर्घटनामा सहिद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १२ जना घाइते भएका छन् । जिप दुर्घटनामा घाइते भएका ९ जनाको तनहुँस्थित आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दिपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना र प्रतीक राना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३