समाजवादी मोर्चा परिर्वतन उल्ट्याउन खोज्नेहरुविरुद्ध युद्धको घोषणा हो : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चासँग अग्रगमनको पक्षमा रहेकाहरु डराउनुनपर्ने बताएका छन् । तर परिवर्तनहरु उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध यो एउटा युद्धकै घोषणा भएको उनले बताए ।
माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रचण्डले अग्रगमन पक्षधर, प्रगतिशील, वामपन्थी शक्तिहरुलाई हातेमालो गर्न आह्वान गरे ।
तर अहिले परिर्वतनलाई होच्याउने, अपमानित गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिले केही मान्छेहरुले टाउको उठाउन खोजेको भन्दै उनले भने, ‘७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरुका लागि चुनौती हो । यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो । ’
 

प्रतिकृया दिनुहोस

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३