७४ दिनदेखि पानीभित्र छन् एक प्राध्यापक
एक अमेरिकी प्राध्यापकले सबैभन्दा बढी समयसम्म पानी मुनी बसेको रेकर्ड स्थापित गरेका छन् । प्राध्यापक जोसेफ दितुरीले पानीमुनी ३० फुट गहिराइमा ७४ दिन बसेर गिनिज बुक रेकर्डमा नाम लेखाएका छन् । यो अभियानलाई प्रोजेक्ट नेपच्युन नाम दिइएको छ जसमार्फत महासागरीय जीवनबारे अनुसन्धान गरिँदै छ ।
तोडे पछिल्लो रेकर्ड
प्राध्यापक दितुरीले पानी मुनी बस्ने अघिल्लो रेकर्ड तोडेका छन् जुन ७३ दिन, दुई घण्टा र ३४ मिनेटको थियो । यो रेकर्ड टेनेसीका दुई प्राध्यापक ब्रुस केन्ट्रेल र जेसिका फेनले सन् २०१४ मा बनाएका थिए ।
३० फुट मुनी
प्राध्यापक दितुरीले फ्लोरिडामा के की लार्गेमा स्कुबा डाइभिङका लागि बनेको स्थानमा एक मार्चमा पानी मुनी प्रवेश गरेका थिए ।
७४ औँ दिनमा कीर्तिमान कायम गरेसँगै उनले ट्विटरमा लेखेका छन्, ‘सबैभन्दा धेरै समयसम्म पानीमुनी रहने रेकर्ड मैले आज तोडेको छु । अनुसन्धान गर्ने जिज्ञासाले मलाई यहाँसम्म डोहोर्यायो । यस्तो वातावरणमा मानिसको शरीरले कसरी काम गर्दछ भन्ने कुरा सिकाउन यसो गरेको हुँ ।’
डा. डिप सीको नामले चिनिने प्राध्यापक दितुरीले पानीभित्रै माइक्रोवेभमा अण्डा र माछा पकाए । त्यो खाएर समय बिताए । उनी दिनहुँ जसो व्यायाम गर्छन् भने लामो निद्रा पनि लिन्छन् ।
अहिले पनि पानी भित्रै
प्राध्यापक दितुरी अहिले पनि पानीबाट निस्किएका छैनन् । उनी ९ जूनसम्म त्यहाँ बस्न चाहन्छन् । ९ जूनमा पानीभित्र सय दिन पुगेको दिन उनी बाहिर निस्कने योजनामा छन् । यो अभियानमा चिकित्सा र सामुद्रिक अनुसन्धानहरू समावेश छन् ।
भर्खरै
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा आँखाको मोतिविन्दु भई शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टि खोली चश्मा वितरण ।
सिन्धुलीमा दुग्धजन्य पदार्थको मूल्य मनोमानी ढंगले वृद्धि नगर्न जिल्ला प्रशासन कार्यालयले सम्वन्धीत पक्षलाई निर्देशन ।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
धेरै पढिएको
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुली स्थित सिड्स नेपाल सिन्धुलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत रकम जम्मा ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ स्थित सिन्धुली पाठशाला बाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा

प्रतिकृया दिनुहोस